close

एकल महिलालाई धुप बनाउने तालिम

एकल महिलालाई धुप बनाउने तालिम

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाले पालिकाभित्रका २५ जना एकल महिलाहरूलाई सिप तथा आयस्रोत बृद्धिका लागि तालिम प्रदान गरेको छ । 

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीका अनुसार सबै वडाबाट छनौट गरी २५ जनालाई ७ दिने धुप बनाउने तालिम प्रदान गरिएको हो । चाँगुनारायण नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा तालिम प्रदान गरिएको हो । 

तालिम प्राप्त उनीहरूलाई व्यवसायिक बन्नको लागिसमेत नगरपालिकाले प्रोत्साहनका लागि बजेटको व्यवस्था गरेको छ । उनीहरूको प्रस्तावनाको आधारमा बजेट दिइने उपप्रमुख बुढाथोकीकले बताए । ‘तालिम र व्यववायिक अनुदानका लागि चालु आवमा २५ लाख छुट्याएका छौं, यो रकमबाटै प्रोत्साहनस्वरुप केही रकम दिने योजना छ,’ उनले भने ।