close

महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया

महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- बलेफी गाउँपालिकाले पालिकाभित्रका महिलाहरूबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अन्तरक्रियामा महिलाहरूमा अधिकारसहितको आर्थिक विकासमा परिवर्तन आवश्यक रहेको बताइएको थियो । 

गाउँपालिकाले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिलाहरुको आर्थिक, सामाजिक सशक्तीकरणसम्बन्धी अन्तरक्रिया भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र विभिन्न पेसा तथा व्यवसायमा संलग्न महिलाहरूलाई अन्तरक्रियामा सहभागी गराइएको थियो । 

महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेकोले महिला शसक्तिकरणमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । महिला सशक्तीकरण र आर्थिक सामाजिक अधिकारको क्षेत्रमा स्थानीय तहले अपनत्व लिनुपर्ने र हरेक क्षेत्रमा महिलाहरू अगाडि बढ्नुपर्ने सहभागीहरूले बताएका छन् ।