close

स्थापना दिवसको अवसरमा समृद्धि पदयात्रा

स्थापना दिवसको अवसरमा समृद्धि पदयात्रा

Trulli
ADVERTISEMENT

भक्तपुर- सूर्यविनायक नगरपालिकाले आठौं स्थापना दिवस मनाएको छ । आज बिहान स्थापना दिवसको अवसरमा शान्ति तथा समृद्धि पदयात्रा गरेर मनाइएको छ नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार आज बिहान नगरपालिकाबाट सल्लाघारी भएर पुन: नगरपालिकामै फर्केर सो यात्रा औपचारिक कार्यक्रममा परिणत भएको थियो । औपचारिक कार्यक्रममा पालिकास्तरका विभिन्न राजनीतिक दल, स्थानीय बासिन्दा तथा विभिन्न प्रतिनिधीको सहभागिता रहेको उनले सुनाए । 

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले नगरपालिकाको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।