close

मनाङको हुम्डे झरनामा ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण

मनाङको हुम्डे झरनामा ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण

Trulli
ADVERTISEMENT

मनाङ–हिमाल चढ्न चाहने व्यक्तिका लागि टेवा पुग्ने भएकाले मनाङ ङिस्याङ गा–४ हुम्डेमा रहेको ‘हुम्डे झरना’मा लेबल १ अन्तर्गतको ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ । हिमपातको समयमा पर्वतारोहण गर्ने पर्वतारोहीका लागि सहज हुने भएकाले प्रशिक्षण दिइएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनका अनुसार सो प्रशिक्षणमा पाँच प्रशिक्षार्थीको सहभागिता रहेको थियो । उनीहरुलाई दुई जना प्रशिक्षकले प्रशिक्षण दिएको अध्यक्ष घलेले बताए । ‘पाँच जनालाई नौ दिनसम्म तालिम प्रदान गरिएको थियो । प्रशिक्षकहरूले प्रशिक्षणको अनुभव आदानप्रदानसमेत गर्नुभएको थियो’, उनले भने ।

 

नेपाल पर्वतारोहण प्रशिक्षण सङ्घद्वारा आयोजित प्रशिक्षणमा नेपाल नेशनल माउण्टेन गाइड एशोसिएशनको सहयोग रहेको छ । ‘आइस क्लाइम्बिङ प्रशिक्षणले पनि हिउँदमा पर्यटक तान्न टेवा पु¥याउनेछ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रयास गर्नेछौँ’, अध्यक्ष घलेले भने ।

 

तालिममा प्रशिक्षकले आफ्नो अनुभव बाँडेको र तालिम एकदमै सफल भएको तासी शेर्पाले बताउनुभयो । ‘तालिमले नयाँ अनुभव सँगाल्न र रोमाञ्चकसमेत बनाएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिएर एउटा साहसिक खेलका रूपमा विकास गर्न सके अझ महत्वपूर्ण हुनेछ’, उनले भने ।

 

यहाँ सशस्त्र प्रहरीले हाइ अल्टिच्युड र पर्वतारोहणका क्रममा हुनसक्ने जोखिममा सहयोग गर्नका लागि प्रशिक्षण केन्द्र पनि रहेको छ । मनाङको हुम्डेमा नेपाल पर्वतारोहण संघद्वारा विसं २०३७ मा मनाङ माउन्टेन रिङ स्कूल स्थापना गरिएको छ ।