close

१७ हजार पर्यटक भित्रिए

१७ हजार पर्यटक भित्रिए

Trulli
ADVERTISEMENT

काठमाडौं–सन् २०२२ को पहिलो महिना जनवरीमा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीमा १७ हजार ९ सय ७५ जना पर्यटक नेपाल आएका हुन् । सन् २०२१ को जनवरीमा ८ हजार ८ सय ७४ जनाले नेपाल भ्रमण गरेका थिए ।

 

नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा बढी भारतीय नागरिक छन् । जनवरीमा ३,९१६ पर्यटक भारतबाट नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ३,२५७ जना पर्यटक नेपाल आएका छन् ।

 

बेलायतबाट १,८२४ जना पर्यटक भित्रिँदा बंगलादेशबाट १,२३६ जना नेपाल आएका छन् । अस्ट्रेलियाबाट १२१३ जना नेपाल आएको तथ्यांक छ । यो वर्ष बंगलादेशबाट आउने पर्यटक संख्या बढेको छ । सन् २०२१ मा जनवरीमा मात्र २६ जना नेपाल आएकामा यो वर्ष १,२३६ जना पुगेको हो ।

 


कोरोनाका बाबजुद पर्यटक आगमनमा सरकारले रोक लगाएको छैन । खासगरी कोरोनाविरुद्धको खोप लगाएर नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्ने पर्यटकलाई नेपाल भ्रमणको अनुमति जारी गरिएको छ । पर्यटकले अनअराइभल भिसा पाउँछन् ।