close

सेल्फी डाँडामा डम्फु पार्क

सेल्फी डाँडामा डम्फु पार्क

Trulli
ADVERTISEMENT

रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४ बेथान र वडा नं. ३ हिलेदेवीको सङ्गमस्थल सेल्फी डाँडामा डम्फु पार्क निर्माण गरिएको छ । वडा नं. ३ को कार्यालयले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यका रूपमा परिचत बन्दै गएको वडा नं. ३ का वडाध्यक्ष बाबुराम तामाङले बताए । 

 

लुभु–बेथान–हिलेदेवी–गाल्वा सडकअन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले आन्तरिक पर्यटकहरू आउनेक्रम बढ्दो छ, यो पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यभित्रको एक हो, वडाध्यक्ष तामाङले भने । वडा कार्यालयको २२ लाख रुपियाँभन्दा बढी बजेटमा निर्माण गरिएको डम्फु पार्कमा ठूलो आकर्षक डम्फु र टुङ्ना राखिएको वडाध्यक्ष तामाङले बताए ।

 

वडाध्यक्ष तामाङका अनुसार डम्फु पार्कबाट पर्यटकीय गन्तव्य शैलुङ, दोलखाको गौरीशङ्कर हिमाललगायतको क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय सेल्फी डाँडाको रूपमा चिनिँदै आएपछि वडा कार्यालयले तामाङ जातिको संस्कृति झल्किने गरी डम्फु पार्क निर्माण गरेको वडाध्यक्ष तामाङको भनाइ छ।