close

३१६ आरोहीले सगरमाथा चढ्न  लिए अनुमति

३१६ आरोहीले सगरमाथा चढ्न  लिए अनुमति

Trulli
ADVERTISEMENT

काठमाडौं ।  यस वर्षको स्प्रिङ सिजनमा सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन् ।

 

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन् । कञ्चनजङ्घा ९८,५८६ मिटर० आरोहणका लागि सात समूहले अनुमति लिएको छ ।

 

अन्नपूर्ण (८,०९१ मिटर) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मिटर) मा चार, धौलागिरि (८,१६७ मिटर) का लागि दुई र ल्होत्से (८,५१६ मिटर)का लागि एक आरोही समूहले अनुमति लिएका छन् ।

 

त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुली र थापा पिकका लागि चार/चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । ती हिमाल तथा पिक आरोहणबाट हालसम्म ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।