close

पोखरा बसपार्क महानगरलाई हस्तान्तरण

पोखरा बसपार्क महानगरलाई हस्तान्तरण

Trulli
ADVERTISEMENT

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन् ।

पर्यटकीय सहर पोखरास्थित राष्ट्र बैंकचोक नजिक पर्यटन विभागले ८ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो । ७ हजार ९०० वर्गमिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० वटा बस, १० वटा माइक्रोबस र २० वटा ट्याक्सी पार्किङ क्षमता छ । मन्त्री श्रेष्ठले व्यवस्थित बसपार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिवद्धतासमेत जनाए ।