close

पशुपतिको गुरुयोजना मस्यौदा हस्तान्तरण

पशुपतिको गुरुयोजना मस्यौदा हस्तान्तरण

Trulli
ADVERTISEMENT

काठमाडौं। पशुपतिक्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ। 

कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन २०७७ कार्तिक २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नयाँ स्वरुपमा गुरु योजना तयार गरी बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको हो।

मन्त्री श्रेष्ठले गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुने विश्वास व्यक्त गरे ।