close

पर्यटकको सुरक्षाको लागि ‘टुरिस्ट ट्रयाकिङ’

पर्यटकको सुरक्षाको लागि ‘टुरिस्ट ट्रयाकिङ’

Trulli
ADVERTISEMENT

सोलुखुम्बू– खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन प्रवर्द्धनको ‘रोड ट्रयाक ओपनिङ’ गर्दै आएकाे छ । पालिकामा आउने पर्यटकलाई  प्रवेश गर्न सहज बनाउन ‘रोड ट्रयाक ओपनिङ’को काम गरेकाे हाे ।

गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाका अनुसार गाउँपालिकाले पर्यटनलाई प्राथमिकतामा राखी अन्य विभिन्न याेजना सञ्चालनमा ल्याएकाे छ । साथै, सगरमाथा आधार शिविर जाने बाटोमा पदमार्ग निर्माण तथा निर्माण भएका पदमार्गको सुधारको काम गरिरहेको उनले पालिकाखबरलाई बताए । पालिका अध्यक्ष शेर्पाले भने, ‘पर्यटकको सुरक्षाको लागि टुरिस्ट ट्रयाकिङको काम पनि गरिरहेका छौँ ।’ 

गाउँपालिकाले स्थानीयवासीलाई पर्यटन पेशामा जोड्नको लागि विभिन्न कार्यक्रम समेत सञ्चालन गरेको छ । समय/समयमा ट्रेकिङ गाइडलाई तालिम दिने तथा होमस्टे सञ्चालनको लागि होमस्टे सञ्चालनसम्बन्धि तालिम प्रदान गर्ने पारेको पालिका अध्यक्ष शेर्पाले बताए । 

उनको अनुसार पालिकाले व्यवसायीलाई नगद अनुदान हालसम्म उपलब्ध नगराएपनि समय–समयमा आवश्यक सामाग्री उपलब्ध गराइरहेको छ ।