close

पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न टिकटक प्रतियोगिता

पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न टिकटक प्रतियोगिता

Trulli
ADVERTISEMENT

दार्चुला – अपिहिमाल गाउँपालिकाले टिकटक प्रतियोगिता गर्ने भएको छ । एक सूचना जारी गर्दै गाउँपालिकाले पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न टिकटक प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

‘अपिहिमाल भ्रमण वर्ष २०८०’ र ‘विश्व पर्यटन दिवस २०८०’को अवसरमा पालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि प्रतियोगिता सञ्चालन गर्न लागेको हो । 

सूचनाअनुसार तोकिएको प्रक्रिया पूरा गरेर प्रतियोगिहरुले एक देखि तिन मिनेटसम्मको टिकटक भिडियो बनाउनुपर्ने छ । भिडियो असोज ७ गते १२ बजेसम्म प्राप्त भ्युज,लाइक र सेयरको आधारमा ४० प्रतिशत र विषयवस्तुको गहनता प्रस्तुतिकरणको मुल्याङ्कनबाट ६० प्रतिशत भार विभाजन गरेर बिजेता चुनिने गाउँपालिकाले जनाएको छ ।