close

रास्कोटका पर्यटकीय गन्तव्य ओझेलमा

रास्कोटका पर्यटकीय गन्तव्य ओझेलमा

Trulli
ADVERTISEMENT

कालिकोट– रास्कोट नगरपालिकाले पालिकाका धार्मिक तथा साहसिक पर्यटन प्रवर्द्धनका लागि नीति तथा कार्यक्रम ल्याएको छ । तर पर्यटन प्रवर्द्धनको लागि पालिकासँग पर्याप्त बजेट नभएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले दु:खेसो पोखाए । 

पालिकाकै आधारभूत आवश्यकताको लागि नै बजेट अपुग रहेको उनले बताए । उनले भने, "पालिकाका जनशक्तिको व्यवस्थापन गर्न र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विकासको लागि बजेट  व्यवस्थापन गर्न कठिनाइ छ ।"

पालिकामा पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको नगरप्रमुख शाहीले बताए । ‘रास्कोट कर्णाली कोरिडोरको मध्य भागमा पर्छ । भारत र चीनको जमुनाहा हिल्सा अन्तर्राष्ट्रिय सडकको मध्य भागमा पर्छ । शम्भुनाथ मन्दिर, देउरा मालिका मन्दिर, मलयागिरी पाटन, रास्कोटी राजाको दरवारको अवषेश, रानिवन आदि नगरपालिकाका पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् ।’ उनले पालिकाखबरसँग भने, ‘बैतडीमा रहेको देउरा, त्रिवेणी पाटन, बडी मालिका मन्दिरको प्रवेशद्वारको रुपमा रास्कोटलाई चिनिन्छ । जडिबुटीको सम्भावना पनि पालिकामा छ । तर यस आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विकासको लागि खासै केही सम्बोधन गर्न सकेनौँ ।’

भविष्यमा नगरपालिका पर्यटन प्रवर्द्धन कसरी गर्न सकिन्छ भनेर सोचिरहेको उनले बताए । यसको लागि पालिकाले निजी क्षेत्र र संघ संस्थासँग यस विषयमा छलफल चलाइरहेको उनको भनाइ छ ।