close

हेर्न जाने होइन त स्यार्पू पर्यटन महोत्सव ?

हेर्न जाने होइन त स्यार्पू पर्यटन महोत्सव ?

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - रुकुम पश्चिममा आगामी असोज ११ देखि २१ गतेसम्म  १३ औँ स्यार्पू पर्यटन महोत्सव हुने भएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका स्थित वडा नम्वर ३ र ५ मा  फैलिएको स्यार्पु तालको छेउमै पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव  हुने भएको हो । 

गाउँपालिकाले नै निर्णय गरेर हरेक वर्ष पर्यटन महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा स्थानीय भेषभुषा, संस्कृति, आधुनिक डुंगा शयर तथा अर्गानिक वस्तुको प्रर्दशन , ख्याती प्राप्त कलाकारहरुको उपस्थिति हुने बताइएको छ । परम्परागत रुपमा लाग्दै आएको स्यार्पु मेलाको अवसरमा महोत्सव हुने जनाईएको छ । 

महोत्सवमा बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोगमा ब्याटमिन्टन, महिला पुरुष भलिवल हुने मेला व्यवस्थापक समितिले जनाएको छ  । एक लाख राशीको वडा स्तरीय पुरुष भलिवल र चालिस हजार राशीको महिला भलिवल तथा २० हजार राशीको ब्याट्मिन्ट हुने जनाईएको छ । व्यवस्थापक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिमले मुसिकोटमा पत्रकार सम्मेलन गर्दै असोज ११ देखि २१ गतेसम्म महोत्सव हुने जानकारी दिएको छ ।

स्यार्पू पर्यटन महोत्सव’ बाँफीकोटमा रहेको पर्यटकीय ताल स्यार्पु तालको संरक्षण प्रवर्धन र प्रचारप्रसार गर्ने उदेश्यले हरेक वर्षको असोजमा स्यार्पु महोत्सव लाग्दै आएको बाँफिकोट गाउँपालिकाले जनाएको छ । सुन्दर टापुमा अवस्थि उक्त ताल र वरपरको दृश्य निकै मनोरम रहेको छ ।  पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्यार्पुताल उचित संरक्षण र सरकारको बेवास्ताका कारण पुरिएर लोप हुने सम्भावना बढ्दै गएको छ । 

तालको चारैतर्फ मिलेर बनेका बस्ती, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानीभेरी नदीको दृश्यले अझ स्यार्पुको महत्व बढाउने आयोजकले बताएका छन् । 
  

गाउँपालिकाको पर्यटनको विकास र स्यार्पु ताललाई प्रचारप्रसार गरी पर्यटक भित्र्याउने उदेश्यका साथ महोत्सव हुने गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठाले पालिका खबरलाई जानकारी दिए । बाँठाका अनुसार महोत्सवमा लोक साँस्कृति, झाकि, विभिन्न खेलकुद, तथा साँस्कृतिक कार्यक्रम हुने बताए ।