close

भक्तपुर छिर्ने पर्यटकलाई भादगाउँले टोपी र मयूरको झ्याल

भक्तपुर छिर्ने पर्यटकलाई भादगाउँले टोपी र मयूरको झ्याल

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुर नगरपालिका प्रवेश गर्ने पहिलो पर्यटकलाई भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले विश्व पर्यटन दिवसका अवसरमा बुधबार पहिलाे नगर प्रवेश गर्ने  पर्यटकलाई स्वागत गरेकाे हाे । 

नगरपालिकाकाे खौमा ध्वाका (ढोका)मा एक अष्ट्रेलियन र १६ भारतीय नागरिकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।

‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा पर्यटकलाई स्वागत गरिएको हो ।

 पर्यटकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापतिले पुरानो सहर आफैँमा एउटा सम्पदा सहर भएको जनाउँदै भक्तपुरको कला र संस्कृति संरक्षणलाई नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताए । भक्तपुर निर्माणमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि महत्वपूर्ण योगदान रहेको जनाउँदै उनले भने, 'सयौँ वर्षदेखि चल्दै आएको भक्तपुरको परम्परा र संस्कृतिलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भक्तपुर नगरपालिकाले आवश्यक पहल गर्दै आइरहेको छ ।'

भक्तपुर प्रवेश गर्ने पर्यटकहरूमध्येका अन्ना सिंहले भक्तपुरले गरेको न्यानो स्वागतबाट आफू निकै प्रभावित भएको र सोका लागि धन्यवादज्ञापन गर्दै यहाँका कला कृतिहरु आफैँमा अद्वितीय रहेको तथा यहाँको पर्यटन प्रवद्र्धनमा आफ्नातर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख प्रजापतिले नगर प्रवेश गर्ने पहिलो पर्यटकहरुको टोलीलाई मयूरको झ्याल र पिक्टोरियल बुक उपहारस्वरुप प्रदान गरेका थिए ।