close

पर्यटकीय गन्तव्यका लागि गुरुयोजना बनाउँदै हतुवागढी

पर्यटकीय गन्तव्यका लागि गुरुयोजना बनाउँदै हतुवागढी

Trulli
ADVERTISEMENT

भोजपुर  हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । 

गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न सम्भावना खोजी गरेर पर्यटन प्रवर्द्धासङ्गै विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, साँस्कृतिक धरोहर र धार्मिक स्थलको संरक्षण, सम्वर्द्धन एवम् प्रवर्द्धन गरेर हतुवागढीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले पालिकाखबरलाई बताए ।