close

विपन्नको आयआर्जनका लागि र्‍याफ्टिङ किन्न १५ लाख विनियोजन

विपन्नको आयआर्जनका लागि र्‍याफ्टिङ किन्न १५ लाख विनियोजन

Trulli
ADVERTISEMENT

सुर्खेत- चौकुने गाउँपालिकाले विपन्न राजी सामुदायलाई रोजगार दिनुका साथै पर्यटन प्रवर्द्धनमा लागि र्‍याफ्टिङ खरिद गर्ने भएको छ ।

गाउँपालिकालाई अंग्रेजी सी आकारमा घेरा हालेको कर्णाली नदीमा यसअघि निजी रुपमा र्‍याफ्टिङ सञ्चालित थियो । तर नियमित सञ्चालन हुन नसक्दा कैयौं पटक बुटबल, काठमाडौं, पोखरा, विरेन्द्रनगरलगायतबाट आएका पर्यटकहरूले र्‍याफ्टिङ गर्न नपाएको गुनासो आएपछि गाउँपालिका आफैंले सञ्चालनका लागि प्रक्रिया अगाडि सारेको गाउँपालिका अध्यक्ष खड्क वि.क.‘विवश’ले पालिकाखबरलाई बताए । 

गाउँपालिकाले अमेरिकन र्‍याफ्टिङ खरिदका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसबाट गाउँपालिकामा रहेका राजी समुदायलाई रोजगार दिने गाउँपालिकाको योजना छ । राजीहरूको मुख्य पेसा माछा मार्ने व्यवसाय भए पनि पछिल्लो समय माछापालनबाट उनीहरूको जिविकोपार्जनमा ससम्या भएको गाउँपालिकाले जनाएको छ । 

र्‍याफ्टिङको स्टार्टिङ पोइन्ट गाउँपालिकाको जंगला हुनेछ । जंगलाबाट बेनीघाट, दोलाघाट, सिसापनी हुँदै १०० मिटर दूरीमा पर्ने घाटगाउँमा पुगेर सकिनेछ । र्‍याफ्टिङ खरिदबाट विपन्नले रोजगारी पाउनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।