close

नाच्ने होइन त कालिमाटीमा ?

नाच्ने होइन त कालिमाटीमा ?

Trulli
ADVERTISEMENT

सल्यान- कालीमाटी गाउँपालिकाले स्थानीय ठेट भाकाका गीत र नाच संरक्षण गरी सांस्कृतिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आएको छ ।

कालीमाटीमा रहेका विभिन्न नाच संरक्षणका लागि बर्सेनि प्रतियोगिता गर्दै आइरहेको र संस्थागत आयोजनाहरूमा पनि गाउँपालिकाले प्रोत्साहनस्वरुप सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले पालिकाखबरलाई बताए । 

गत आर्थिक वर्ष ०७९/०८० मा गाउँपालिकाको पहिचान झल्किने सोरठी नाच, वनगाडी टप्पा, झुमा नाच, लोकल झाप्रे नाच र मयुर नाचलगायत संरक्षण तथा प्रवर्द्धनका लागि ४ लाख रुपैयाँ खर्च गरिएको गाउँपालिकाले जनाएको छ । 

चालु आर्थिक वर्ष ०८०/०८१ मा गाउँपालिकाले सोको प्रवर्द्धन तथा कला र संस्कार संरक्षणका लागि ८ लाख विनियोजन गरेको छ । उक्त रकमबाट विभिन्न बाजा तथा सांस्कृतिक भेष खरिद गर्ने योजना छ । उक्त रकम स्थानीय ठेट भाका संरक्षणमा पनि खर्च गरिने छ ।