close

पचाल झरनाको उचाइ मापनको काम सम्पन्न

पचाल झरनाको उचाइ मापनको काम सम्पन्न

Trulli
ADVERTISEMENT

कालिकोट- प्रचुर पर्यटकीय सम्भावना बोकेको भए पनि ओझेलमा परेपछि पचलझरना गाउँपालिकाले पचाल झरनाको प्रचार तथा संरक्षणमा जोड दिन थालेको छ । 

कालिकोटको पचालझरना गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने पचाल झरना निकै सुन्दर, आकर्षक अनि मनमोहक छ । गाउँपालिकाले नापी विभागसँगको सहकार्यमा झरनाको उचाइ मापनको काम सकेको गाउँपालिका अध्यक्ष देवराज शाहीले पालिकाखबरलाई बताए । 

उनका अनुसार चालु आर्थिक वर्षमा मापन तथा प्रचारका लागि गाउँपालिकाले ३ लाख रुपैया विनियोजन गरी काम थालेको छ । नापी विभागले मापन गरे पनि मापनको प्रतिवेदन नआएको हुँदा उचाइ पत्ता लागेको छैन । गाउँपालिकाले भने ३८१ मिटर अग्लो रहेको दाबी गर्दै आएको छ । 

घाम परेको समयमा इन्द्रेणीका रङहरु समेत देख्न सकिने यस झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । झरनालाई पृष्ठभूमिमा पारेर सेल्फी फोटो र भिडियो खिच्न तथा टिकटक बनाउनका लागि भए पनि पर्यटकहरु झरनामा जाने गरेका छन् । 

पचालझरनाको नामबाट गाउँपालिकाको नामाकरण गरिएको छ । गाउँपालिको एकमात्र पर्यटकीय क्षेत्रहरुमध्ये एक मानिने पचालझरनाको मापन सकिएको हुँदा आगामी वर्षदेखि व्यवपक प्रचार गरिने गाउँपालिकाले जनाएको छ ।