close

पर्यटककाे सहजताकाे लागि सडकमा संकेत नम्बर

पर्यटककाे सहजताकाे लागि सडकमा संकेत नम्बर

Trulli
ADVERTISEMENT

रुपन्देही - लुम्बिनी साँस्कृतिक नगरपालिकाले पालिकाभित्र पर्ने सडकहरुमा संकेत नम्बर(स्ट्रीट नम्बर) राखिएको छ । पर्यटन प्रवर्धन गर्ने हेतुले नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानको नेतृत्वले बाह्रय तथा आन्तरिक पर्यटकहरु लुम्बिनीमा आउँदा अल्मलिन नपर्ने गरी स्ट्रीट नम्बर राखिएको हो ।

अन्तराष्ट्रिय दातृसंस्ता युएनडिपि,नेपाल टुरिजम बोर्ड र लुम्बिनी साँस्कृतिक नगरपालिकाको साझेदारीमा लुम्बिनी ८० वटा संकेत नम्बर राखिएको छ । सडकमा संकेत नम्बरको उद्धघाटन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले पर्यटन क्षेत्रको विकासका लागी नगरपालिका सधै तत्पर रहेको कुरा उल्लेख गरेका छन् ।

नगरप्रमुख मुसलमानले विदेशमा जाँदा कुन ठाउँ जाने, कहाँ बस्ने जस्ता विषयमा पर्यटकहरुलाई सजिलै जानकारी हाँसिल होस् भन्ने उदेश्यले नम्बरिङ सिष्टम राखिएको बताए । पालिका भित्र पर्ने ८० वटा सडकहरुमा नम्बरिङ गर्ने काम अघि बढेको भन्दै बढि मात्रामा पर्यटकहरुलाई लम्बिनीमा झार्न विविध रणनितिक अभ्यास गरिँदै जाने मेयर मुसलमानको भनाइ छ ।

यस्तै,पर्यटकहरुले सजिलै आफनो गतव्य भेटाउन स्ट्रीट नम्बरिङ गरिएको नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताईकी छन् । पर्यटनको विकासमा नगरले चासो दिएको कुरा समेत बताईन् । अव लुम्बिनीमा आउने पर्यटकहरुले समस्या नझेली अवलोकन गर्न पाउने वातावरण सृजना भएको कुरा दर्साइन् ।

आर्कषणको केन्द्र लुम्बिनीमा अधिक पर्यटकहरुलाई गन्तव्यमा पुग्न सहज होस् भन्ने उदेश्यले पहिलो अभ्यास चालिएको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले बताएका छन् । बढ्दो सहरीकरणका कारण पर्यटकहरुलाई अल्झिन नपरोस भन्ने चाहानालाई मध्येनजर गदैै सडकमा संकेत नम्बर राखिएको बताए । पर्यटन क्षेत्रको वृद्धिका लागी नगरपालिका सधै हातेमालो गर्न तयार रहेको र यि कार्यहरुमा सवैको साथको अपेक्षा समेत प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले गरे ।

यसैगरी पर्यटकहरुको यात्रालाई सहज रुपमा सफल बनाउन संकेत नम्बरले महत्वपुर्ण भुमिका खेल्ने युएइनडिपीका सु्दिप अर्यालले जानकारी दिए । पहिलो साझेदारी कार्यक्रम अन्र्तगत संकेत नम्बर राखिएको र पर्यटकहरुलाई थप भित्राउन सुचना केन्द्र स्थापना समेत गरिने कार्यक्रम रहेको पनि उल्लेख गरे ।