close

कर्णालीको किनारामा राजापुरको मोटरबोट

कर्णालीको किनारामा राजापुरको मोटरबोट

Trulli
ADVERTISEMENT

बर्दिया - राजापुर नगरपालिकाले मोटरबोट सञ्चालनमा ल्याएको छ । नगरपालिकाले कर्णाली नदीस्थित सत्तीघाट पुल नजिकै मोटरबोट सञ्चालनमा ल्याएको हो ।

पर्यटकलाई आकर्षण गर्ने उदेश्यले तयार नेपालको आर्थिक सहयोगमा मोटरबोट सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका नगरप्रमुख दीपेश थारुले मोटरबोटबाट पर्यटकको आकर्षण बढ्नुका साथै बाढीका बेला मानवीय सहायता र उद्धारका लागि प्रयोग गरिने उनको भनाइ छ । 

करिब ४५ लाख रुपैयाँ लागतमा सञ्चालित सो मोटरबोटलाई कार्यविधि बनाएर सञ्चालन गरिएको उनले सुनाए ।  पानीको बहाव र अनुकूलता हेरेर वर्षभरी सञ्चालनमा ल्याउने उनले सुनाए । 

बोटबाट कर्णाली नदीमा जलविहार गर्नको लागि १ किलोमिटरसम्मको यात्रा गर्न तीन सय रुपियाँ शुल्क लाग्ने राजापुर नगरपालिकाले जनाएको छ ।