close

डल्फिन पाइने क्षेत्रमा माछा मार्न निषेध

डल्फिन पाइने क्षेत्रमा माछा मार्न निषेध

Trulli
ADVERTISEMENT

कैलाली– टीकापुर नगरपालिका दुर्लभ डल्फिनको संरक्षणमा लागेको छ । मानवपछि डल्फिन दोस्रो चेतनशिल प्राणी रहेको हुँदा नगरपालिकाले डल्फिनको संरक्षणमा जोड दिएको नगरपालिकाले जनाएको छ । 

कर्णाली क्षेत्रमा डल्फिन न्यून मात्र पाइने भएको हुँदा नगरपालिकाले डल्फिनको संरक्षण तथा व्यवस्थापनमा ध्यान दिएको हो । कर्णाली क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्रको रुपमासमेत लिइएको रामलाल डगौरा थारुले बताए ।

उनले भने, ‘यस क्षेत्रका पथरैया, मोहना र कर्णाली नदी क्षेत्रमा डल्फिन पाइन्छ । डल्फिनको संरक्षण नगरपालिकाको स्थापना हुनुभन्दा पहिलेदेखि नै हुन्थ्यो । संरक्षणको प्रकृयामा नगरपालिका अघि बढेको तीन चार वर्ष भयो ।’

प्राकृतिक नदीमा मात्र डल्फिन पाइने भएकाले डल्फिन पाइने क्षेत्रमा माछा मार्न रोक लगाइएको छ । नगरपालिकाले पालिकाका सबै नदीमा अवैध तरिकाबाट माछा मार्न रोक लगाएको उनले जानकारी दिए । उनका अनुसार नदीमा माछा मार्दा बल्छी लगाएर मात्र मार्न पाइन्छ भने विषादी र करेन्टको प्रयोग गरेर माछा मार्न नपाइने र मारेमा कानुनबमोजिम कारबाही गर्न नगरपालिकाले नियम बनाएको उनले जानकारी दिए । ‘डल्फिन पाइने क्षेत्र भनेर तोकिएको क्षेत्रमा कुनै पनि किसिमले माछा पार्न नपाइने गरी निषेध गरिएको छ ।’ उनले भने । 

हिउँदमा डल्फिन खासै देख्न नपाइने भए पनि वर्षातमा पर्याप्त पानीको बाहिर निस्कने भएकाले मात्रामा हेर्न पाइने नगरप्रमुख थारुले पालिकाखबरलाई बताए । गौरव योजना, रचनात्मक अभियान, प्रचार प्रसार अभियान सञ्चालन गर्दै डल्फिनलाई कसरी बचाउन सकिन्छ भनेर सबै कुरामा निरन्तर ध्यान दिएको उनको भनाइ छ । डल्फिनको तथ्यांक संकलन तथा संरक्षणमा डिएबिसी संस्थाले निरन्तर काम गर्दै आएको छ ।

नेपालका न्यून मात्रामा मात्र डल्फिन पाइने भएकाले दुर्लभ जन्तुको रुपमा यसको संरक्षण गरिएको उनले जानकारी दिए । डल्फिनको संरक्षण गरेर कर्णाली नदी क्षेत्रलाइै नेपालकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको उनले बताए । डल्फिनको संरक्षणबाट पालिकामा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सक्ने उनको विश्वास छ ।