close

सिद्दगुफा क्षेत्रको विकास गर्दै बन्दिपुर

सिद्दगुफा क्षेत्रको विकास गर्दै बन्दिपुर

Trulli
ADVERTISEMENT

तनहुँ– बन्दिपुर गाउँपालिकाले सिद्दगुफा क्षेत्रको विकास गर्ने भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा बन्दिपुरको ‘जनपर्यावरणमैत्री पर्यटन तथा सिद्दगुफा विकास आयोजना’ छनौट भएपछि गाउँपालिकाले सो क्षेत्रको विकास गर्ने भएको हो । 

कार्यक्रम सञ्चालनका लागि गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय र बन्दीपुर गाउँपालिकाबिच शुक्रबार सम्झौता भएको छ ।  

उक्त कार्यक्रम सञ्चालनका लागि १ करोड ३ लाख ९५ हजार ३०० रुपैयाँ लागत लाग्ने गाउँपालिकाले जनाएको छ । सो मध्ये मुख्यमन्त्रीको कार्यालयले ७५ लाख रुपैयाँ र बन्दीपुर गाउँपालिकाले २८ लाख ९५ हजार ३०० रुपैयाँ रकम साझेदारी रहने छ । 

सो रकमबाट पालिकाले वडा नं ४ मा रहेको एसियाकै ठुलो गुफा ‘सिद्दगुफा’ को विकास गर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले पालिकाखबरलाई बताए । सो आयोजनाबाट सिद्दगुफा पर्यटकीय क्षेत्रलाई बन्दिपुरसँग जोड्ने उनले बताए ।

सिद्दगुफा क्षेत्रमा रेलिङ, ढुङ्गा छाप्ने तथा गुफाभित्र पनि विकासका काम हुने उनले बताए । आयोजनाअन्तर्गत सिद्दगुफाको पर्यटन प्रवर्द्धन तथा चेतनामुलक कार्यक्रमसमेत सञ्चालन गरिने उनले बताए ।