close

धार्मिक पर्यटकीय पदमार्ग निर्माण गरिने

धार्मिक पर्यटकीय पदमार्ग निर्माण गरिने

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले महाशिवरात्रीको अवसरमा १०८ फिटको सरस्वती मूर्ति निर्माण तथा बाल्मीकेश्वर मन्दिर निर्माणको शिलान्यास गरेका छन् । 

उनले शिलान्यास गर्दै चाँगुनारायण नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेको बताएका छन् । धार्मिक पर्यटकीय क्षेत्रको विकास लागि आवश्यक पूर्वाधार निर्माण गर्ने कार्य गरिरहेको उनको भनाइ छ । सबैको विश्वास र आस्थाको भरोसालाई जोगाइराख्न दुवै मन्दिरको सफलताका साथ निर्माण गरिने उनले बताए । 

नगरप्रमुख खत्रीले धार्मिक, एैतिहासिक, पुरातात्विक क्षेत्रको संरक्षण सम्बर्द्धन गरेर पर्यटकीय केन्द्रको रुपमा विकास गर्न लागिपरेको स्पष्ट पारे । नगरपालिकाले ९ वटै वडालाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग निर्माण र नगरकोट भ्रमण वर्ष २०८२ को पूर्वतयारीका लागि आवश्यक काम गरिरहेको नगरप्रमुख खत्रीले बताए ।