close

१ अर्ब लगानीमा फुडपार्क बनाउँदै निम्बस

१ अर्ब लगानीमा फुडपार्क बनाउँदै निम्बस

Trulli
ADVERTISEMENT

काठमाडौं– कृषि उद्योगमा अग्रणी निम्बसले फुडपार्क बनाउने भएको छ । फुडपार्कबाट उच्च पोषण भएका तयारी खानेकुरा उत्पादन गरिने निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिए ।

 

उनका अनुसार वीरगञ्जमा चार बिघा जग्गा किनेर अहिले भवन निर्माण सुरु भएको छ । फुडपार्कबाट मस्यौरा, चामल, दाल, मकैलगायतका उच्च पोषण भएका खाद्य वस्तुबाट तयारी खानेकुरा उत्पादन गरिनेछ ।


कम्पनीले अहिले चार÷पाँच उत्पादनको परिकल्पना गरिसकेको छ । बगरियाका अनुसार यी उत्पादन नयाँ भने होइनन् । बजारमा भएका खानेकुराकै नक्कल हुन् । तर, कम्पनीले उत्पादन गर्ने खानेकुरामा पौष्टिक तत्त्व धेरै हुने उनको भनाइ छ । उत्पादन छनोटका लागि कम्पनीले दुई–तीन जना पोषण वैज्ञानिकलाई जिम्मा दिएको छ ।


कम्पनीले उक्त उत्पादन स्वदेशमा मात्रै होइन, विदेशी बजारमा पनि बिक्री गर्ने लक्ष्य लिएको छ । निर्यातमा सहज होस् भनेर अहिलेदेखि नै अन्तर्राष्ट्रिय मापदण्डअनुसार खानेकुरा उत्पादन गर्ने योजना रहेको उनले बताए ।

 

यो फुडपार्कबाट आगामी ६ देखि ८ महिनासम्म पहिलो उत्पादन बजारमा ल्याइसक्ने बगरियाको भनाइ छ । उनका अनुसार अहिले कम्पनीले जग्गा र भवन गरेर १ अर्बदेखि सवा अर्ब रुपैयाँसम्म लगानी गर्दै छ । आगामी दिनमा प्रत्येक वर्ष १० देखि १५ करोड रुपैयाँ लगानी बढाउँदै र वर्षमा एक–दुईटा उत्पादन थप्दै जाने योजना छ ।

 

आगामी पाँच वर्षभित्रै थप चार/पाँच फुडपार्क सञ्चालनमा ल्याउने योजना पनि कम्पनीको छ । यसका लागि पुराना उद्योग किन्ने, नपाए जग्गै किनेर प्लान्ट लगाउने कम्पनीको योजना छ ।