close

सिद्धिचरणका किसानलाई अनुदानमा कृषि औजार 

सिद्धिचरणका किसानलाई अनुदानमा कृषि औजार 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार उपलब्ध गराएको छ । नगरपालिकाको वडा नम्बर १, ४ र ७ का किसानका लागि ७५ प्रतिशतसम्म अनुदानमा औजार उपलब्ध गराइएको हो ।

 

कृषि औजारका लागि व्यावसायिक कृषक, कृषक समूह तथा सहकारीबाट मागिएका आवेदन आवदेनमध्ये छानबिन गरी औजार खरिद गरेर उपलब्ध गराइएको कृषि शाखाका प्रमुख भीम दर्जीले जानकारी दिए । 


नगरपालिकाले थ्रेसर, पानी तान्ने पम्पसेट, हाते ट्याक्टर र घाँस काट्ने तथा गोड्ने मेसिन उपलब्ध गराएको हो । यी सबै उपकरणमा बढीमा ७५ प्रतिशतसम्म अनुदान रहेको छ । बाँकी रकम भने कृषकले बेहोर्नुपर्ने व्यवस्था छ ।

 

कृषि पकेट क्षेत्रका रूपमा रहेको वडा नम्बर ७ को बिगुटारका लागि ४ वटा हाते ट्याक्टर, धान, कोदो, गहुँ कुट्ने मल्टीथे्रसर वडा नम्बर ४ रुम्जाटार र पानी तान्ने ६ सेट पम्प वडा नम्बर १ तलुवाका लागि उपलब्ध गराइएको दर्जीले बताए । 


मौसमी तथा बेमौसमी तरकारी तथा खाद्यबालीका बिउसमेत कृषकको मागका आधारमा उपलब्ध गराइँदै आएको छ । हिउँदमा गहुँ, मकै र बर्खामा धान बिउ तथा तरकारी बिउ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । 


बर्सेनि नगरपालिकाले वितरण गरेका औजार तथा उपकरण कृषकले प्रयोग गरे÷नगरेको अनुगमन भने गरेको छैन । कतिपय किसानका नाममा अन्य व्यक्तिले लगेर दुरुपयोग गर्ने, प्रयोगमै नल्याउनेसमेत गरेको भेटिएको स्थानीय रामहरि श्रेष्ठ बताउँछन् ।

 

‘हाते ट्याक्टर कतिपय ठाउँमा बारीका कान्लामै फालेको पनि देखिएको छ । यो अनुगमन प्रभावकारी नहुँदाको समस्या हो हो’, उनले भने । 

 

कृषि शाखाका प्रमुख भीम दर्जीले कृषि औजार तथा बिउबिजन प्रयोगमा भए÷नभएको अब अनुगमन गरिने बताउँछन् । उनले भने, ‘दुरुपयोग पनि भएको हुन सक्छ । अनुगमन गरेर प्रयोगमा नल्याउने व्यक्तिबाट अनुदानमा दिएका सामग्री फिर्ता ल्याउने सोच छ ।’