close

आँधीखोलामा माटो परीक्षणपछिको उत्साह (भिडियाे खबर)

आँधीखोलामा माटो परीक्षणपछिको उत्साह (भिडियाे खबर)

ADVERTISEMENT

स्याङ्जा- माटोको उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि स्याङ्जाको आँधीखोला गाउँपालिकाले माटो परीक्षण अभियान सञ्चालन गरेको छ ।

 

माटो परीक्षण गरेर माटो सुहाउँदो खेती लगाउन किसानलाई प्रोत्साहन गर्ने योजनाअनुसार गाउँपालिकाले माटो परीक्षण सु? गरेको हो । ६ वटै वडाका किसानबाट माटोको नमुना संकलन गरिएको छ ।

 

आँधीखोला गाउँपालिकाले केही समय पहिले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले ८० वटा हाते ट्रयाक्टर वितरण गर्‍यो । अहिले माटोको उत्पादन क्षमता कम हुँदै गएपछि माटो परीक्षण गरेर सोहीअनुसारको सुहाउँदो खेती गर्न प्रेरित गर्ने गरी गाउँपालिकाले परीक्षणको अभियान चलाएको छ । 

 

माटो परीक्षणको नतिजा अनुसार कृषकलाई मल प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधिबारे जानकारी गराउने र निःशुल्क रूपमा कृषि चुन वितरण गर्ने उद्देश्यले माटो परीक्षण सुरु गरिएको हो ।

 

दिगो कृषि उत्पादनका लागि गाउँपालिका क्षेत्रभित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।

 

गाउँपालिकाका सबै वडाको विभिन्न स्थानबाट नमुनाका रूपमा करिब ६ सय कृषकको माटो परीक्षण गरिनेछ । व्यावसायिक रूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले  सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । 


गत वर्ष गरिएको माटो परीक्षणपछि गरिएको खेतीले उत्पादन वृद्धि भएकाले यस वर्ष पनि सोही अपेक्षाले माटो परीक्षण गराइएको स्थानीय कृषक बताउँछन् । माटो परीक्षणबाट माटोमा भएको घटीबढी तत्त्वबारे जानकारी पाउन सकिनेछ ।