close

कृषिमा आत्मनिर्भर बन्दै बिरुवा गाउँपालिका

कृषिमा आत्मनिर्भर बन्दै बिरुवा गाउँपालिका

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको बिरुवा गाउँपालिका पछिल्लो समय कृषिमा आत्मनिर्भर बन्ने क्रममा छ । पालिकाले कृषिमा लगानी गरेका फर्मले उत्पादन दिन सुरु गरेपछि कृषिमा आत्मनिर्भर हुन लागेको हो ।


किसानलाई कृषिमा सहयोग पुर्‍याउन नमुना कृषि फर्ममा पालिकाले लगानी गरेको बिरुवा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्मा पोख्रेलले जानकारी दिए । नमुना कृषिमार्फत अर्गानिक उत्पादनमा जोड दिइएको उनले बताए ।

 
‘कृषिजन्य वस्तुमा गाउँपालिका आत्र्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले सबै वडामा नमुना कृषि सञ्चालन गरिएको हो’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले भने । साझेदारी प्रकृतिका कृषि कार्यक्रममा हरेक वडामा ११ लाख ७० हजार रुपैयाँ नमुना कृषिका लागि खर्च भएको उनले बताए ।


पालिकाको करिब १ करोड रुपैयाँ लगानीमा एक वडा एक उत्पादनअन्तर्गत गाउँपालिकाले लगानी गरेको छ । ८ वटा वडा रहेको गाउँपालिकामा तरकारी खेती, बोइलर कुखुरापालन, दूध उत्पादनका लागि भैँसीपालन र बाख्रापालन क्षेत्रमा लागनी गरेको छ ।

 

पालिका हुनुभन्दा पहिले कृषिजन्य वस्तु बाहिरबाट निर्यात हुने गथ्र्यो भने अहिले बिरुवालाई आवश्यक पर्ने कृषि जन्यवस्तु गाउँ आसपासमै उत्पादन हुँदै आएका छन् । बिरुवामा उत्पादित कृषिजन्य वस्तु बिरुवा बजार, स्याङ्जा बजार र वालिङलगायतका बजारमा खपत हुँदै आएको छ ।