close

पाडापालनमा रमाउँदै बर्दघाटका कृषक 

पाडापालनमा रमाउँदै बर्दघाटका कृषक 

Trulli
ADVERTISEMENT

नवलपरासी- बर्दघाट नगरपालिकाका कृषक पाडापालनमा आकर्षित भएका छन् ।  भैंसीपालन गरेर दुध उत्पादन गर्दै आएका कृषकहरुले यस अघि पाडापालनमा ध्यान दिएका थिएनन् । चालु आर्थिक वर्षमा नगरले मासुजन्य उत्पादनमा सहयोग गरेपछि कृषकको आकर्षण बढेको हो ।

 

‘दुध र अण्डामा आत्मनिर्भर नगर आत्मर्निभर भयो,’ नगर प्रमुख धीरज शर्मा बस्याल भन्छन्, ‘अब मासुजन्य उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउन पाडापालनमा सहयोग गर्दै आएका छाैँ ।’

 

बालकृष्ण एकीकृत कृषि फर्म बर्दघाट-१४ धर्मबस्तीका संचालक बीरबहादुर केसीले नगरले पाडापालनमा गरेको सहयोगले आफूहरुलाई प्रोत्साहन मिलेको बताए ।  हामीले पाडापालन मात्र नभई मासुसमेत बिक्री गर्दै आएको उनको भनाइ छ ।

 

केसीको बर्दघाट ४ मा मासु बिक्री केन्द्र समेत छ । उनका अनुसार उनले पाडा मासु ४ सय रुपैया प्रति केजीका दरले बिक्री गर्दै आएका छन् । लकडाउनका कारण पाडा बजार नखुल्दा पाडापालन र मासु बिक्रीमा मन्दी आएको उनको गुनासो छ ।


चालुबर्षमा नगरले पाडापाल्ने कृषकलाई लक्षित गरेर गोठ निर्माणका लागि प्रति गोठ १ लाख रुपैयाँ प्रोत्साहन स्वरुप अनुदान दिएको पशुपंन्छी तथा मत्स्य विकास शाखा प्रमुख भरत लम्सालले जानकारी दिए । 

 

मासु उपभोगको करिब ६५ प्रतिशत रागाँ भैसीको योगदान रहेको लम्सालले बताए । बर्दघाट नगरमा हाल ५ वटा पाडापालन फर्म संचालित छन् ।