close

कृषकलाई व्यावसायिक बनाउँदै रिब्दीकोट (भिडियो खबर)

कृषकलाई व्यावसायिक बनाउँदै रिब्दीकोट (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- मुलुकमा पटकपटक देखा परेको कोरोना भाइरसको संक्रमणका कारण धेरैको रोजगारी गुमेको छ । धेरै युवा गाउँघरमा अहिले फुर्सदिला बनेका छन् । परम्परागत कृषि प्राणलीले दुई महिना खान त के गरेको लगानी समेत उठ्न मुस्किल पर्छ । त्यस माथि यो बर्षाको समयमा खेती गर्न पनि समस्या छ  । तर, पाल्पाको रिब्दीकोट गाउँपालिकाले गाउँमा बेरोजगार बसेका युवालाई आधुनिक कृषिमा प्रोत्साहन गर्न प्लाष्टिक टनेल सहयोग गरेको छ । 


पाल्पाको रिब्दीकोट गाउँपालिकाले शत प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गरेको छ । गाउँपालिकाको वडा नं ७ पालुङमैनादीको कालिका बहुउद्देश्यीय कृषि समूहलाई २५ थान प्लाष्टिक टनेल प्रदान गरिएको हो । कृषिलाई ब्यावसायिक बनाई आधुनिक प्रविधितर्फ आर्कषण बढाउन प्लाष्टिक टनेल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । वर्र्षा लागेसँगै बेमौसमी कृषि खेती गर्नबाट बञ्चित भएका कृषकलाई वर्षाको समयमा समेत कृषि कर्ममा उत्प्रेरित गर्न सामग्री हस्तान्तरण गरिएको हो । 


गाउँपालिकाले कृषिमा फड्को मारेको पालुङमैनादीको कृषि कर्मलाई आगामी दिनमा अन्य ठाउँमा नमुना हस्तान्तरण गर्ने उद्देश्यका साथ पालुङलाई विशेष प्राथमिकता दिएको छ  । कालिका बहुउद्देश्यीय सहकारीका २५ जना कृषकलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । टनेलबाट गरिएको कृषिले कम लागतमा बढी उत्पादन दिने भएकाले यस तर्फ कृषकको आकर्षण बढ्दो छ । रोग ब्याधले प्लाष्टिक टनेल खेतीमा कम असर गर्ने भएकाले टनेल पाएपछि कृषकले राहतको महसुस गरेका छन् ।

 

लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको कार्यक्रम अन्र्तगत राखेको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले रिब्दीकोटमा मात्रै एक हजार बढी कृषक लाभान्वित भएका छन् । निर्वाहमुखि कृषि अपनाएका कृषकलाई व्यावसायिक बनाई कृषकको जीवनस्तर उकास्न यो कार्यक्रम प्रभावकारी भएको नियमक निकायको ठहर छ । 


स्थानीय सरकारको वडा तहदेखि नै विपन्न र निर्वाहमूखि कृषि अपनाएका कृषकलाई प्रोत्साहन गरेर व्यावसायिक बनाउन वडातहको भूमिका प्रभावकारी देखिन्छ । साना किसानको तथ्यांक संकलन गरेर उनीहरूको माग र आवश्यकतालाई बुझेर गाउँपालिकाले साना किसानलाई प्रोत्साहन र ठूला किसानलाई अनुदान सहयोगमा वडाले समन्वय गर्दै आएको छ । कोभिडका कारण गाउँघर देखि विदेशमा रोजागरी गुमाएर स्वदेश फर्केका नागरिकको जीविकोपार्जनको लागि कृषिमा रिब्दीकोट सरकारले गरेको लागानीबाट रिब्दीकोटवासी हौसिएका छन् ।