उन्नत जातको धान भन्दा रैथाने बाली कालिमार्सी धानको खेतीमा जुम्ली किसानको आकर्षण बढेको छ । उन्नत धानभन्दा कालिमार्सीको बजार मुल्य पनि बढी र राष्ट्रिय अन्तराष्ट्रिय बजारमा माग पनि बढ्दै गएकोले कालिमार्सी धानको खेतीमा जुम्ली किसान आर्कषित भएका हुन् । जुम्लामा हालसम्म ९० प्रतिशत रोपाइँ सकिएको छ । भने बाँकी १० प्रतिशत क्षेत्रमा धान रोपाइँको काम भने चलिरहेको छ ।
जुम्लाको २९ सय हेक्टर जमिनमा धान खेती भइरहेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, ‘२९ सय हेक्टर मध्ये १५ सय हेक्टरमा रैथाने कालिमार्सी धान र १४ सय हेक्टरमा उन्नत जातको धान खेती भइरहेको छ ।’ जुम्लाका करिब ५५ प्रतिशत किसानले कालीमार्सी धानको खेती गरिरहेका छन् ।
जुम्लामा पाँच वटा जातको धान खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जसमा चन्दननाथ १, चन्दननाथ २, लेकाली १ र लेकाली २ गरी उन्तत जातको र रैथाने कालीमार्सी गरी पाँच जातको धानी खेती भइरहेको प्रमुख देवकोटाको भनाइ छ ।
नेपालमै महंगो मुल्यका रुपमा प्रतिकेजी १ सय २ रुपैयाँ कालिमार्सी धानको मुल्य निर्धारण समेत गरिएको छ । जुन मुल्य नेपालकै सबैभन्दा बढी मुल्य मुल्य हो । भर्खरै १८ टन क्यानडा गएपछि र देशभरका कोसेली घरमा जुम्ली कालिमार्सी चालमको माग बढ्न थालेपछि किसानको आकर्षण बढेको पाइएको छ ।
बजारको माग अनुसार कालिमार्सी धान खेतीको क्षेत्र विस्तारका लागि कृषि कार्यालयले योजना बनाएको छ । देशभर १५ असारमा धान दिवस मनाएपनि जुम्लामा चैत १२ गते धान दिवस र जेठ १५ गते रोपाइँ महोत्सव मनाउने गरिन्छ ।
६ हजार मेट्रिकटन धान उत्पादन
जुम्लामा यस वर्ष करिब १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथानेबाली उत्पादन भएको छ । करिब ५ वर्षयता जुम्ली रैथाने बाली उत्पादनमा ४० प्रतिशतले कमी आएको सरकारी अनुमान छ । भने मार्सीधानको उत्पादनमा थोरै बृद्धि भएको छ ।
१२ हजार मेट्रिकटन अन्नबाली उत्पादन हुँदा मार्सीधान मात्रै ६ हजार ६ सय ७० मेट्रिकटन धान उत्पादन भएको छ । अझै धानको उत्पादकत्व बढाउन आठवटै स्थानीय तहले कृषि केन्द्रित नीति तथा बजेटको व्यवस्थापन गर्न आवश्यक रहेको कृषि विज्ञहरु बताउँछन् ।
यसवर्ष मार्सी धान ६ हजार ६ सय ७० मेट्रिकटन उत्पादन भएको छ भने गहुँ ५ हजार २ सय ९० मेट्रिकटन, वर्षे मकै ६ हजार ५ सय ६० कोदो ४ हजार २ सय ९० मेट्रिकटन उत्पादन भएको छ ।
जौ ७ हजार ६ सय ५० मेट्रिकटन, फापर ९८ मेट्रिकटन, उवा १५ मेट्रिकटन, चिनो २ सय ४० मेट्रिकटन र कागुनो १४ मेट्रिकटन गरी जम्मा १२ हजार ३ सय ८ मेट्रिकटन रैथाने खाद्यबाली उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।
पहिरोले लग्यो कुलो, खेत बाँझै
उता मुगुको पश्चिम खत्याड गाउपालिका- ८ मा रहेको आमगाउँका स्थानीय यो वर्ष रोपाइबाट बञ्चित भएका छन् । उनीहरुको मानो रोपेर मुरी फल्ने सपना चुडिएको छ । वष भरी हात मुख कसरी जोड्ने भन्ने पीरले सिङ्गो गाउँ चिन्तामा छ ।
लगातारको बर्षाद र बाउपानी झुगोला जोड्ने सडकको नुवाखेत खण्डमा जथाभावी डोजर प्रयोग गरिएका कारण सिँचाइ कूलोमा पहिरो जाँदा करीब २ सय मिटर कुलो पूर्णरुपमा क्षति भएको छ । हरेक वर्ष १५ जेठमा धानको बेर्ना राखेर १५ असारमा रोपाइ सुरु गरिने यस गाउँमा रोपाइँ हुन सकेन । बिगतका बर्षमा १५ असारमा रोपाइँ सुरु हुने यो गाउँका खेत अहिले बाँझै छन् ।
रोप्नको लागि घरमा भिजाएर राखिएका धानसमेत खेर गएको स्थानीय अमरसिंह बिकले जानकारी दिए । मर्मत गरेपनि दैनिकजसो आउने पाहिरोले कुलो पुरिदै गएको उनको भनाइ छ । ३४ घरधुरीको बसोवास भएको यो गाउँमा धान रोप्न नपाएपछि किसान चिन्तित छन् ।
सिमी ३ हजार ९ सय ६० मेट्रिकटन, दलहन बाली मास ३८ मेट्रिकटन, भटमास ८१ मेट्रिकटन, गहत ४२ मेट्रिकटन र केराउ ९९ मेट्रिकटन गरी जम्मा दलहन बाली ४२ सय ५८ मेट्रिकटन उत्पादन भएको छ । तेल बाली ८५ मेट्रिकटन, वर्षे आलु २७ हजार मेट्रिकटन, तरकारी ३३ सय ७५ मेट्रिकटन, हिउँदे फलफूल ४ सय ६५ मेट्रिकटन उत्पादन भएको छ ।