close

फेदीखोलाले बाँड्यो ३० लाख बराबरको कृषि औजार एवं उपकरण 

फेदीखोलाले बाँड्यो ३० लाख बराबरको कृषि औजार एवं उपकरण 

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको फेदीखोला  गाउँपालिकाले किसानलाई मकै खेतीप्रति आकर्षित गरेर पालिकालाई उन्नत जातको मकैको बिउमा आत्मनिर्भर बनाउन झन्डै ३० लाख रुपैयाँ बराबरको कृषि औजार एवं उपकरण वितरण गरेको छ ।


वडा नम्बर ४ आरुखर्कस्थित जैसीडाँडा कृषक समूहलाई पालिकाको २४ लाख ३८ हजार र समूहको ५ लाख ३८ हजार गरी २९ लाख ७६ हजार रुपैयाँ बराबरको मकै ग्रेडिङ मेसिन १ थान, सोलार ड्रायर (मकै सुकाउने मेसिन) २ थान, मेटल बिन (मकै राख्ने ड्रम) १५० थान, डिजिटल तराजु १३ थान, मकै छोडाउने १३ र भुत्लाउने मेसिन १ थान, बोरा सिलाउने मेसिन ३ थान, हाते ट्रयाक्टर ८ थान, मकैको तापक्रम नाप्ने यन्त्र २ थान, प्याकेजिङ मेसिन ३ थान, स्ट्याम्प मेसिन १ थानलगायत औजार एवं उपकरण फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले हस्तान्तरण गरे  । 


११ वर्षदेखि मकैको बिउ उत्पादन गर्दै आएको उक्त समूहले सुरुआती वर्षमा ४० जनाको समूहबाट सुरु गरी ६० रोपनीमा २ क्विन्टल बिउ उत्पादन गरेको थियो भने अघिल्लो आवसम्म ५०० रोपनीमा १० टन मकैको बिउ उत्पादन गरिसकेको सुवेदीले जानकारी दिए । आगामी दिनमा यसलाई थप विस्तार गरी ७५० रोपनी क्षेत्रफलमा २० टनसम्म उत्पादन गर्ने लक्ष्य समूहले लिएको छ ।