close

महोत्तरीमा ९० हेक्टर धानबाली सखाप

महोत्तरीमा ९० हेक्टर धानबाली सखाप

Trulli
ADVERTISEMENT

महोत्तरी- बेमौसमी वर्षाका कारण महोत्तरीमा ठूलो मात्रामा धानबालीमा क्षति पुगेको छ । हालसम्म प्राप्त प्रारम्भिक तथ्यांकअनुसार महोत्तरीका विभिन्न पालिकामा करिब ९० हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।


महोत्तरीमा ४६ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमध्य अहिलेसम्म ५ वटा पालिकाबाट मात्र क्षतिको विवरण आएको कृषि ज्ञान केन्द्र प्रमुख रामचन्द्र यादवले जानकारी दिए । अहिलेसम्म सोनामा गाउँपालिका, महोत्तरी गाउँपालिका, भंगाहा नगरपालिका, लोहारपट्टी नगरपालिका, एकडारा र बर्दिबास नगरपालिकाबाट मात्र क्षतिको विवरण आएको छ ।

 

कृषि ज्ञान केन्द्रका अनुसार सोनामा गाउँपालिकामा ५ बिघा धान खेती नदीले कटान गरेको छ । महोत्तरी गाउँपालिकामा १२ बिघामा लगाइएको धानखेतीमा क्षति पुगेको छ भने ६ हेक्टरमा खेतमा काटेर राखेको धान पूरै डुबानमा परेको छ ।


त्यसैगरी एकडारा नगरपालिकामा ४ हेक्टरमा, लोहारपट्टीमा १ हजार बिघामा, भंगाहा नगरपालिकामा ६० हेक्टरमा र बर्दिबास नगरपालिकामा ४ बिघा धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले बताएको छ ।

 

प्रारम्भिक तथ्यांकअनुसार महोत्तरीमा अहिलेसम्म झन्डै १५ हजार किसानले धान खेती बाढीले बगाएपछि ठूलो नोक्सान बेहोरेका छन् ।