close

उत्तरी नाका चीनबाट भित्रिँदै रासायनिक मल

उत्तरी नाका चीनबाट भित्रिँदै रासायनिक मल

Trulli
ADVERTISEMENT

काठमाडौं– भारतीय मलमा निर्भर रहँदै आएको नेपालले उत्तरको छिमेकी चीनबाट पनि रासायनिक मल ल्याउन थालेको छ । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु भएको हो ।


तातोपानी नाका हुँदै ३४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बता ।


हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र ५ हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो । तर, चिनियाँ पक्षले समन्वयकारी भूमिका निर्वाह नगरेकाले लामो समय सो मल खासा क्षेत्रमै रोकिएर रहेको सिल्क ट्रान्सपोर्ट प्रालिले बताएको छ ।


किसानले धानबाली भित्र्याइसकेपछि आलु तथा गहुँबाली लगाउन थालेका छन् । त्यसका लागि अभाव हुन नदिन कृषि सामग्री कम्पनीले चीनबाट रासायकि मल आयातका लागि समयमै ठेक्का लगाएको थियो । सरकारले यसअघि पनि साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट ४ हजार मेट्रिक टन युरिया मल ल्याइसकेको छ ।