close

खड्क नगरपालिकामा २५ लाख बढीको केरामा क्षति

खड्क नगरपालिकामा २५ लाख बढीको केरामा क्षति

Trulli
ADVERTISEMENT

सप्तरी– गत साताको बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका वडा नम्बर १० स्थित केरा बगानमा लाखौँको क्षति भएको छ । झन्डै १५ बिघामा लगाइएको पाक्न तयार ३५ सय केरा बोटमा क्षति पुगेको हो । 

 

२ वर्षअघि सञ्चालनमा आएको केरा बगानमा २५ लाख रुपैयाँ बढीको लगानी डुबेको फर्मका सञ्चालक उमेश साहले बताए । उनले भने, ‘सुरुका वर्ष राम्रै कमाइ भएको थियो । तर, यस पटक हावाहुरी र वर्षाले लगानीसमेत डुबायो । घरका सबै जग्गा–जमिन बैंकमा धितो राखेर बगानमै लगानी गरेँ तर प्राकृतिक प्रकोपले सबै बर्बाद गरिदियो ।’


बाली कृषि बिमाका लागि निवेदन दिँदा हालसम्म त्यसको सुनुवाइ नभएको उनले बताए । शिक्षण पेसा छाडेर कृषिमा होमिएका उनले सबै खेती नष्ट भएपछि पछुतो लागिरहेको गुनासो गरे । १० वर्ष शिक्षण पेसामा रहेका साहले कृषिमा राम्रो आम्दानी हुने ठानेर केरा खेतीमा लागेका थिए ।