close

वर्षाका कारण धानबालीमा भएको क्षतिको ६५ प्रतिशतसम्म राहत दिने सरकारको निर्णय 

वर्षाका कारण धानबालीमा भएको क्षतिको ६५ प्रतिशतसम्म राहत दिने सरकारको निर्णय 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म, ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघा भन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने बताइएको छ ।