close

तीन किसानले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

तीन किसानले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन किसान सम्मानित भएका छन् । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१औँ विश्व खाद्य दिवस अवसरमा तीन किसानलाई पुरस्कार वितरण गरेको हो ।


कार्यक्रममा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७१ अनुसार छनोट भएका किसानलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए ।


तरकारी खेतीमा धुनीबेँसी नगरपालिका वडा नम्बर ५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का दयालक्ष्मी श्रेष्ठ र तरकारी खेती तथा कुुखुरापालनमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का उर्मिलादेवी कार्की नेपाललाई १०÷१० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।


जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पुरस्कृत किसानलाई नगद पुरस्कार प्रदान गर्दै आगामी दिनमा कृषि पेसालाई थप उन्नत बनाउन सुझाव दिए ।
कृषि ज्ञान केन्द्रले साउनमा पुरस्कार दाबी गर्न किसानलाई सार्वजनिक सूचना गरेकामा ११ जनाले पुरस्कार दाबी गरेका थिए । सबै किसानको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर पुरस्कारका लागि सिफारिस गरेको थियो ।


कार्यक्रममा हाम्रो पहल, उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि शीर्षकअन्तर्गत माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्टलाई समेत पुरस्कार वितरण गरिएको छ ।


१० विद्यालयका २० सहभागी प्रतियोगितामा चन्द्रोदय माविका रेजिना लोहनी प्रथम, नीलकण्ठ माविका कोइशन भण्डारी द्वितीय, बालमन्दिर माविका सुमन गुरुङ तृतीय र धादिङ बोर्डिङ सेकेन्डरी स्कुलका आदर्श सुवेदी सान्त्वना भए । पुरस्कृतलाई क्रमशः २ हजार, १ हजार ५००, १ हजार र ८०० पुरस्कार प्रदान गरिएको थियो ।