close

धादिङका न्यौपानेले पाए इजरायल सरकारको कृषि तारा अवार्ड

धादिङका न्यौपानेले पाए इजरायल सरकारको कृषि तारा अवार्ड

Trulli
ADVERTISEMENT

काठमाडौं– इजरायल सरकारले २ वर्षको अन्तरालमा वितरण गर्ने ५ लाख रुपैयाँ राशिको ‘दोस्रो कृषि तारा अवार्ड’ धादिङका कृषक उद्धवप्रसाद न्यौपानेले पाएका छन् । नेपालस्थित इजरायली दूतावास र गैरसरकारी संस्था अवसर फाउन्डेसनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा न्यौपानेलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।


सन् २०१३ मा एक वर्ष इजरायल गएर फर्केका न्यौपानेले यहाँ आएपछि कृषि व्यवसाय सुरु गरेका थिए । देशभरका १० कृषकमध्येबाट न्यौपानेलाई उत्कृष्ट कृषक घोषित गरिएको इजरायली दूतावासले बताएको छ । 

 

इजरायल सरकारको ‘सिकाऊ र कमाऊ’ नामक कार्यक्रमअन्तर्गत नेपालका सयौँ कृषक त्यहाँ पुगेका थिए । उनीहरू कृषिसम्बन्धी ज्ञान र सीप हासिल गरेपछि स्वदेश फर्केर कृषि व्यवसाय गर्दै आएका छन् ।  कार्यक्रममा कृषि तथा पशुपक्षीमन्त्री महेन्द्रप्रसाद यादवले नेपाली कृषकलाई इजरायल लगेर प्राविधिक सीप सिकाएर पठाएकामा इजरायल सरकारलाई धन्यवाद दिए । नेपालका लागि इजरायली राजदूत हानान गोदरले नेपालका कृषकलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे ।