close

बेँसीसहरले बाँड्यो २ सय किसानलाई हाते ट्रयाक्टर

बेँसीसहरले बाँड्यो २ सय किसानलाई हाते ट्रयाक्टर

Trulli
ADVERTISEMENT

लमजुङ–लमजुङको बेँसीसहर नगरपालिकाले दुई सय किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ । कृषिमा यन्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

 

वैदेशिक रोजगारपछि गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्ति अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनः प्रयोगमा ल्याउन हाते ट्रयाक्टर प्रभावकारी हुने अर्यालको भनाइ छ । नगरपालिकाले ७ र ६ हर्षपावर डिजेलवाला तथा ७ हर्षपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर हाते ट्रयाक्टर वितरण गरेको हो ।

 

७ हर्षपावरको डिजेलवालाको ७० हजार, ६ हर्षपावरको ६० हजार र पेट्रोलवाला ७ हर्ष पावरको ५० हजार रुपैयाँ मूल्य पर्ने मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाको कृषि तथा पशुपक्षी शाखाका प्रमुख सूर्यप्रसाद सेढाईंले जानकारी दिए । हाते ट्रयाक्टरका लागि २१० जना किसानको आवेदन परेकामा २ सय जनालाई वितरण गरिएको हो ।