close

जुम्ला सुपरजोन सञ्चालक समितिमा चुनियो युवा नेतृत्व 

जुम्ला सुपरजोन सञ्चालक समितिमा चुनियो युवा नेतृत्व 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लामा सुपरजोन जिल्ला समन्वय समितिको पुनर्गठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाअन्तर्गत सुपरजोन सञ्चालन भइरहेका चार स्थानीय तह चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका किसान उपस्थित कार्यक्रममा युवा स्याउ कृषक सरोज शाहीलार्ई संयोजकमा चयन गरिएको हो ।

 

संयोजकमा शाहीसहित ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । सदस्यमा बलबहादुर खत्री, कमलराज गिरी, लक्ष्यबहादुर बुढा, कालीबहादुर रावत, धनलक्ष्मी देवकोटा, टीकालक्ष्मी न्यौपाने, रेवती रावल र बलबहादुर भण्डारी छनोट भएका छन् ।

 

सुपरजोन सञ्चालन समन्वय समितिका लागि चारै वटा पालिकामा किसानको भेलाले जिल्लामा पठाएका ९ प्रतिनिधिबाट एक संयोजक र अरू सदस्य किसान आफैंले चयन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलले बताइन् ।

 

कार्यालय प्रमुख पोख्रेलले नयाँ कार्यसमितिले कार्यालयसँग समन्वय, सल्लाह लिने विश्वास व्यक्त गरिन् । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कार्मा बुढाले नयाँ कार्यसमितिको नेतृत्वलाई जुम्लामा स्याउ, ओखर र सिमी क्षेत्रको थप उत्पादनमा जोड दिन सुझाए । 

 

कार्यालय प्रमुख पोख्रेलले जिल्लाले धेरै पहिला निर्णय गरेर प्रदेश (ख) का लागि कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएकाले आगामी आर्थिक वर्षमा कार्यक्रम सिंजा क्षेत्रमा पनि लागू हुने बताइन् ।