close

शिवराजको वडा नम्बर ११ ले बाँड्यो किसानलाई कृषि औजार

शिवराजको वडा नम्बर ११ ले बाँड्यो किसानलाई कृषि औजार

Trulli
ADVERTISEMENT

चन्द्रौटा/कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ११ का १३६ किसानलाई कृषि औजार तथा ह्यान्ड पम्प वितरण गरिएको छ । वडाभित्रका किसान छनोट गरी कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष रामेश्वर बर्माले बताए ।

 

३१ जनालाई स्प्रे ट्यांकी, ३५ जनालाई चरा मेसिन, ७० जनालाई ह्यान्ड पम्प वितरण गरिएको हो । कार्यक्रममा कृषि शाखा प्रमुख ताराचन्द चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए । उनले अत्याधुनिक कृषि औजार तथा उपकरणबिना किसानले कृषि क्षेत्रलाई आधुनिकीकरण नगरेसम्म उत्पादन वृद्धि गर्न नसकिने जिकिर गरे । 


आगामी दिनमा कृषि प्रविधियुक्त उपकरण विशेष प्राथमिकतामा राखेर वितरण गर्दै जानुपर्नेमा शाखा प्रमुख चौधरीले जोड दिए । उनले किसानलाई वितरण गरिएका कृषि उपकरणको सही सदुपयोग गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न सुझाए ।