close

चितवनको राप्तीमा देखियो बर्डफ्लु

चितवनको राप्तीमा देखियो बर्डफ्लु

Trulli
ADVERTISEMENT

चितवन–चितवनमा बर्डफ्लु रोगको संक्रमण पुनः देखिएको छ । राप्ती नगरपालिका वडा नम्बर ६ स्थित अनिता पशुपक्षी कृषि फार्ममा बर्डफ्लु देखिएको हो ।

 

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि २५ माघमा नमुना संकलन गरी काठमाडौं पठाइएकामा बिहीबार संक्रमण पुष्टि भएको जानकारी दिए ।

 

उनका अनुसार बर्डफ्लुको एचफाइभ एनवान संक्रमण देखिएको हो । उक्त फार्ममा २ हजार कुखुरा छन् । फार्मको १ सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम शनिबारबाट थालिने तामाङले जानकारी दिए । फार्मको २ किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ ।

 

कास्पद फार्मको नमुना संकलन गरी परीक्षण गरिनेछ । बर्डफ्लु रोकथाम तथा नियन्त्रण समिति चितवनको शनिबार बसेको बैठकले बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको छ ।