close

शिवराजको वडा नम्बर ३ ले बाँड्यो कृषि सामग्री

शिवराजको वडा नम्बर ३ ले बाँड्यो कृषि सामग्री

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा–कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ का ९७ किसानलाई कृषि सामग्री वितरण गरिएको छ । वडा नम्बर ३ ले स्प्रे ट्यांकी ६१ जनालाई, चरा मेसिन २६ जनालाई र पानी तान्ने मोटर १० जनालाई वितरण गरेको वडाध्यक्ष टेकलाल सापकोटाले बताए ।

 

५० प्रतिशत किसानको र ५० प्रतिशत वडाको लगानीमा कृषि सामग्री वितरण गरिएको उनले जानकारी दिए । वडाध्यक्ष सापकोटाले किसानको मागअनुसार कृषि सामग्री वितरण गरेको बताए । कृषि उत्पादन बढाउन तरकारी पकेट क्षेत्रका लागि मैनार–बुलाकियामा लिफ्टिङ सिँचाइ योजना सम्पन्न भएको उनको भनाइ छ ।

 

अन्य क्षेत्रमा पम्प सेट व्यवस्थापन गरिएको र बेमौसमी वर्षाले किसानलाई पु¥याएको क्षति विवरण जिल्ला पठाइसकेको र किसानलाई राहत उपलब्ध गराउने पहल भइरहेको उनले बताए ।

 

कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारीले कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउन प्रत्येक वर्ष कृषि औजार वितरण गरिँदै आएको जानकारी दिए ।  व्यावसायिक रूपमा कृषि खेती गरी किसानको आम्दानी बढाउने उद्देश्यले कृषि सामग्री वितरण गरिएको उनको भनाइ छ । 

 

नगरप्रमुख अधिकारीले वितरण गरिएका कृषि सामग्री सदुपयोग गरी लाभ लिन किसानलाई सुझाए । आगामी दिनमा किसानलाई उत्पादनका आधारमा अनुदान दिइने उनले बताए । 

 

नगर उप–प्रमुख शिवकुमारी थारुले किसानलाई उत्पादनमुखी बनाउन पहल भइरहेको र वडा नम्बर ३ लाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्न लागिएको जानकारी दिइन् । वडामा अधिकांश क्षेत्र कृषि खेतीका लागि उपयुुक्त रहेकाले कृषिमा लगानी गर्नुपर्नेमा उनले जोड दिइन् ।

 

नगरपालिका कृषि शाखा प्रमुख ताराचन्द चौधरीले आगामी दिनमा कृषिलाई आधुनिकीकरण गर्न प्रविधियुक्त कृषि औजार वितरण गर्ने योजना रहेको बताए ।