close

सिस्ने गाउँपालिकाका मौरीपालकलाई अरिङ्गालको तनाब

सिस्ने गाउँपालिकाका मौरीपालकलाई अरिङ्गालको तनाब

Trulli
ADVERTISEMENT

रुकुमपूर्व । सिस्ने गाउँपालिका–३ पोखरामा अरिङ्गालले सताउँदा किसान समस्यामा परेका छन् । दिनहुँ अरिङ्गालले मौरीको घार घेरो हाल्ने रमौरी खान थालेपछि किसान समस्यामा परेका हुन् ।

पोखरामामौरीपालक किसान ओमप्रकाश खड्काले अरिङ्गालले सताउन थालेपछि हिजोआज एक जनामौरीको हेरालो बस्नुपर्ने बाध्यता आइलागेको बताए । उनका १६०मौरी घार छन् । उनका अनुसार यी सबै घार एकै ठाउँमा छैनन् । 
चरणका लागि विभिन्न पाँच ठाउँमा राखिएको छ । अहिले परिवारका चार सदस्य एकएक ठाउँमामौरी हेरालु बसेको र एक ठाउँमा हेरालु राख्न नसक्दा त्यहाँकामौरी सबै अरिङ्गालले सखाप पारेको खड्काले बताए । 

उनले पोखरा घरमा, दान रमौरी खर्कससँगै सिस्ने–५ को रुवाबाङमामौरी हेरालु एकएक जना बसेको तर भिङ भन्ने ठाउँमा हेरालु नहुँदा पाँच वटा घारकोमौरी सबै अरिङ्गालले सकेको उनको भनाइ छ । यस्तै पोखराकै अर्कामौरीपालक किसान कमलाल खड्काले पनि अरिङ्गालले सताएर हैरान बनाएको बताए । 

उनले अहिले आफूसँग ११५ वटामौरी घार रहेको बताउँदै मौरीलाई अरिङ्गालबाट जोगाउन हेरालो बस्दै आएको बताए । परिवारका अन्य सदस्यले घरको काम गर्ने र आफूले एक्लैमौरी हेरालो बस्दा अरिङ्गालबाट जोगाउन भ्याइनभ्याइ हुने गरेको खड्काले सुनाए ।

पोखराकै अर्का किसान डिलबहादुर खड्काले पनि अरिङ्गाललेमौरी खाएर साह्रै दुःख दिएको बताए । हुलकाहुल अरिङ्गाल आएर घार घेर्ने र कुनै बेलामा त घारभित्रै अरिङ्गाल पसेरमौरी धपाउने गरेको उनले बताए । उनका अनुसार विगतका वर्षमा यसरी कहिल्यै पनि अरिङ्गालले सताउने गरेको थिएन । 

यस वर्ष अरिङ्गालका कारण पोखरामा आलोपालो गरेर प्रत्येक घरमामौरीको हेरालो बस्ने गरेका छन् ।मौरीको पकेट क्षेत्र रमौरी ब्लक कार्यक्रम सञ्चालन भएको यस ठाउँको प्रत्येक घरमामौरी छन् । 

यस्तै सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविमा रहेकोमौरीलाई पनि अरिङ्गालले सताएको छ । यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत ५० वटामौरीका घार छन् । अरिङ्गालका कारणमौरी मासिन्छ कि भन्ने डर भइसकेको विद्यालयले जनाएको छ । अहिले जिल्लाको अन्य विभिन्न ठाउँमा पनि अरिङ्गालको कारणमौरीपालक किसान समस्यामा परेको जानकारी प्राप्त भएका छन् ।