close

अवैधरुपमा भारतबाट ब्रोइलर कुखुरा भित्र्याइँदै, नेपाली कुखुरा पालक मारमा

अवैधरुपमा भारतबाट ब्रोइलर कुखुरा भित्र्याइँदै, नेपाली कुखुरा पालक मारमा

Trulli
ADVERTISEMENT

कैलाली । भारतबाट अवैधरुपमा ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपाली कुखुरा पालक किसान मर्कामा परेका छन् ।

भारतसँग सिमानाका जोडिएका कैलाली जिल्लाका विभिन्न नाकाबाट भारतीय र नेपाली व्यापारीहरूको मिलेमतोमा अवैध ब्रोइलर कुखुरा नेपाली बजारमा भित्रिन थालेपछि स्थानीय कुखुरा पालक किसानको व्यवसाय धरापमा परेको हो । 

कैलाली जिल्लाको सदरमुकाम धनगढी आसपासका क्षेत्रमा एक दर्जनभन्दा बढीको संख्यामा कुखुरा पालन गर्दै आएका कृषक चिन्तित बनेका छन् । उनीहरूको व्यवसाय धरापमा छ।  नेपालमा प्रति कुखुरामा ४५० भन्दा बढी लगानी लगाएर १५० प्रति किलोमा बिक्री गर्नुपर्ने बाध्यता आइलागेको व्यवसायी् करन साउँद गुनासो पोख्छन् ।

करोडौं लगानी लगाएर कुखुरा पालन व्यवसाय गर्दै आएका कुषकहरू भारतीय क्षेत्रबाट अवैधरुपले कुखुरा भित्रिन थालेपछि व्यवसायबाट हात झिक्नुपर्ने अवस्था आएको बताउँछन ।

धनगढी उपमहानगरपालिका-२ का कुखुरा पालक कृषक राजकुमार सिंहले भारतीय बजारबाट अवैधरुपमा ब्रोइलर कुखुर भित्रिन थालेपछि नेपाली बजारमा कुखुराको मासुको मुल्य घटेको बताए । 

‘भारतीय बजारबाट भित्रिएका अवैध कुखुराले मासुको मूल्य घटे पनि व्यावसायिक रुपमा कुखुरा पालन गरिरहेका कृषकलाई बजारको समस्या भएको छ । जसका कारण व्यावसायिक कुखुरा पालक कृषक कृषि पेशाबाट हात झक्न बाध्य हुनुपर्ने अवस्था सृर्जना भएको छ’, उनले भने ।

उनले हामी व्यावसायिक कृषकले प्रतिकिलो १५० मा बेच्नु परेको छ भने उपभोक्ताले मासु पसलेबाट ३४० देखि ३६० रुपैयाँसम्म मुल्य तिरेर मासु खरिद गरिरहेको बताए । ‘बिचौलिया र तस्करका कारण नेपाली कुखुराको मुल्यमा गिरावट आएको छ ।' उनले भने ।

त्यस्तै, अर्का कुखुरा पालक किसान गगन कठायतले १ कुखुरालाई डेढ महिनासम्म पाल्दा ४०० देखि ४५० रुपैयाँसम्मको चारो खुवाउनु पर्ने बताउछन् ।  

भारतीय एसएसबी अनि नेपाली सीमा सुरक्षमा खटिने कर्मचारीसँगको मिलेमतोमा दैनिकरुपमा तस्करी गराउने गरेको केही नेपाली र भारतीय कुखुरा व्यसायीहरू दाबी गर्छन् । 

यता यस सम्बन्धमा सीमा सुरक्षाबल धनगढीका एसपी धनबहादुर सिंहलाई बुझ्दा सीमा क्षेत्रमा हुने तस्करीमा हाम्रो कुनै पनि संलग्नता नरहेको बताए । ‘सीमा क्षेत्रमा हुने तस्करीमा हाम्रो कुनै पनि कर्मचारीको संलग्नता रहेको पाइएमा तुरुन्तै कारबाही गरिनेछ’, उनले भने ।

उनले पछिल्लो समय सीमा क्षेत्रमा हुने तस्करी केही हदसम्म रोकिएको दाबी गरे । सीमा सुरक्षाबल धनगढीको कमाण्ड आफूले सम्हालेयता तस्करी नियन्त्रणमा कमी आएको उनको दाबी छ ।