close

नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा

नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं ।  बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले पानी अभावको समस्या झेल्दै आएको बताउँदै बिहीबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी दिए । 

पर्याप्त सिंचाइको व्यवस्था नहुँदा वर्षाको भरमा खेती गर्नुपरेको किसानले बताउँदै आएका छन् । 

यस्तै, वडा नम्बर ४  का वडाध्यक्ष मनोज शर्माले सिंचाइका लागि डिप बोरिग लगायत अन्य वैकल्पिक व्यवस्था, सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराइ विद्युत महसुल निःशुल्क गर्ने बारेमा पनि बैठकमा छलफल भएको बताए ।