close

गाउँपालिकाले बँदेल नियन्त्रण नगरे कर नतिर्ने चेतावनी

गाउँपालिकाले बँदेल नियन्त्रण नगरे कर नतिर्ने चेतावनी

Trulli
ADVERTISEMENT

सुर्खेत । सिम्ता गाउँपालिका–४ बजेडीचौरमा बँदेलले आतङ्क मच्चाएपछि स्थानीयले नियन्त्रणका लागि गाउँपालिका गुहारेका छन् ।

सयौं बँदेलले हिउँदे र बर्खेबाली सखाप पारेपछि संयुक्त ज्येष्ठ नागरिक मिलन केन्द्रको अगुवाइमा गाउँ कार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीयले गाउँपालिकाले तत्काल बँदेल नियन्त्रणमा ध्यान नदिए मालपोत कर नतिर्ने चेतावनी दिएका छन् । कृषक गोरख चन्दले भने, “मानिसले धपाउनै नसक्ने सङ्ख्यामा बँदेलको हूल खेतबारी र बस्तीमा पस्ने गर्दछन् । बँदेलबाट धेरै क्षति भोगिसक्यौँ ।” 

स्थानीयका अनुसार बँदेलले रोपेको धान फाँडेर नष्ट गरिदिएको छ । स्थानीय पृथ्वीबहादुर सिंहले बँदेलले अधिकांश कृषकको मकै, धान, तरकारीलगायत बाली नष्ट गरेको बताए । बँदेलकै कारण सिंगो गाउँले खाद्यान्न अभावको अवस्था भोग्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।