close

भुम्लुका किसानलाई जैविक मल बनाउने तालिम

भुम्लुका किसानलाई जैविक मल बनाउने तालिम

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले स्थानीय किसानलाई अर्ग्यानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउने  तालिम दिएको छ । किसानले खेती गर्ने समयमा मल खरिद गर्नसमेत नपाएर समस्या व्यहोर्नुपरेकाले गाउँपालिकाले जैविक मल उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री बसुन्धरा हुँमागाईले किसानको पक्षमा मन्त्रालयले नवीनतम योजना बनाएर अघि बढिरहेको बताए । “कृषि क्षेत्रको विकासको निम्ति सम्भावनाको खोजी गर्दै ५५ बुँदे मार्गचित्र बनाएर मन्त्रालय अगाडि बढिरहेको छ”, उनले भने । प्राङ्गारिक, जैविक र गड्यौला मल उत्पादन गर्न बजेटको व्यवस्थापन गरेको मन्त्री हुँमागाईंले बताए  । 

कृषि कार्यमानै निर्भर रहेका किसानलाई उत्पादनमा व्यवसायीकरण गर्न नसकिरहेको अवस्थामा अब त्यसलाई व्यवसायीकरण गर्दै उत्पादनमा जोड दिने विषयमा पालिकाले योजना बनाएर अघि बढिसकेको गाउँपालिकाले जनाएको छ । 

अहिले गाउँघरमा स्थानीयस्तरमा नै उत्पादन भएका शुद्ध कृषिउपज पाउन गाह्रो भइरहेको अवस्थामा स्वस्थ जीवन बाँच्न आवश्यक अर्ग्यानिक कृषि उत्पादनमा जोड दिन बजेटको व्यवस्था गरी जैविक मल बनाउने प्रशिक्षण सुरु गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए ।