close

५० प्रतिशत अनुदानमा साना सिँचाई कार्यक्रम ल्याउँदै भूमिकास्थान नपा

५० प्रतिशत अनुदानमा साना सिँचाई कार्यक्रम ल्याउँदै भूमिकास्थान नपा

Trulli
ADVERTISEMENT

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले ५० प्रतिशत अनुदानमा साना कूलो निर्माण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कार्यक्रमा आवेदन माग गरेको छ । 

सूचनामार्फत साना सिँचाई कार्यक्रममा इच्छुक भएका स्थानीयले आवेदन दिनुपर्ने छ । सूचना प्रकासित भएको १५ दिन अर्थात् भदौ १२ गतेभित्र निवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ । 

५० प्रतिशत लागत साझेदारीमा साना सिँचाई कार्यविधि २०७७ अनुसार सो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । कार्यक्रमबाट १० वटा साना सिँचाई निर्माण तथा मर्मत् गर्न सकिने पालिकाले जनाएको छ  । उक्त कार्यका लागि लागि स्थानीय र नगरपालिकाले ५०/५० प्रतिशत लगानी गर्नुपर्ने छ । 

ईच्छुक व्यक्ति तथा सहकारी संस्थाले आवश्यक कागजात पूरा गरी आवदेन दिन पालिकाले आग्रह गरेको छ ।