close

छार्का ताङसोङका च्याङ्ग्रापालकलाई अनुदान

छार्का ताङसोङका च्याङ्ग्रापालकलाई अनुदान

Trulli
ADVERTISEMENT

डोल्पा ।  छार्का ताङसोङ गाउँपालिकाले च्याङ्ग्रापालकलाई अनुदान दिने भएको छ । 

गाउँपालिकाले पशु प्रवर्द्धनका लागि अनुदानको कार्यक्रम गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत पास गरेको हो । गाउँपालिकाका अनुसार व्यावसायिक रुपमा चौरी, च्याङग्रा , भेडापालन गर्नेलाई अनुदान दिने कार्यक्रम छ । 

पशुपालनमार्फत रोजगार सिर्जना गरी युवालाई गाउँभित्रै स्वरोजगार बनाउन युवा लक्षित पशुपालन कार्यक्रमका लागि अनुदानको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

साथै, पशुपालनलाई उत्पादनमुलक आर्थिक र रोजगारीमूलक पेशाको रुपमा विकसित गर्नको लागि तथा पेसाप्रति युवाको चसोसँगै सम्मानका लागि अनुदान दिन लागिएको हो । आधुनिक पशुपालन पद्धतिको विकास गर्दै पशुपालनमा लाग्न कृषक समूह, सहकारी, गैह्र सहकारी संस्थालाई पनि प्रोत्साहन गरिने गाउँपालिकाले जनाएको छ ।