close

कृषकका लागि चाँगुनारायणको शतप्रतिशत अनुदान

कृषकका लागि चाँगुनारायणको शतप्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले कृषकहरुका लागिग सतप्रतिशत अनुदानको कार्यक्रम ल्याएको छ ।पालिकाले एक सूचना प्रकासित गर्दै सो जानकारी दिएको हो । 

नगरपालिकाको कृषि तथा पशुपन्छि शाखाका अनुसार  पशु बीमालाई बढावा दिन र परम्परागत रूपमा रहेको पशुपालनलाई आधुनिकीकरण गरि व्यावसायिक बनाउन पालिकाले सो कार्यक्रम ल्याएको हो । 

सूचनामा भनिएको छ, 'नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्विकृत कार्यक्रम अनुसार पशुपक्षी बीमा कार्यक्रम संचालनका लागि व्यावसायिक पशुपक्षी पालक कृषकलाई ८० प्रतिशत अनुदान नेपाल सरकारले व्यहोर्ने र नेपाल सरकारको अनुदानपश्चात कृषकले व्यहोर्ने २० प्रतिशत रकम पालिकाले व्यर्होनेछ ।' 

कार्यक्रममा सहभागी हुन चाहने स्थानीयले आवश्यक कागजातसहित भाद्र २७ गतेभित्र वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।  उनले सो कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै ०७९ भाद्र २७ गतेभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिन अनुरोध गरे ।

नगरपालिकाको कृषि तथा पशु विकास शाखाका अधिकृत श्रवणकुमार पासवानले पशुपक्षी पकेट क्षेत्र तथा चाँगुनारायण नगरपालिकाबाट अनुदान प्राप्त गरेका र चाँगुनारायण नगरपालिकामा दर्ता भएका व्यावसायिक पशुपालन तथा पक्षी फार्मलाई विशेष प्राथमिता दिइने बताए ।